लोड हुँदैछ...

मेनु

कांग्रेस नेता शिव कोइराला प्रहरी नियन्त्रणमा, १० वर्षे बालिका बलात्कार गरेको उजुरी

कांग्रेस नेता शिव कोइराला प्रहरी नियन्त्रणमा, १० वर्षे बालिका बलात्कार गरेको उजुरी

विराटनगर । नेपाली कांग्रेसका प्रदेश समिति सदस्य तथा बुढीगंगाका नेता शिव कोइरालालाई १० वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुढीगंगास्थित टंकिसिनुवारीका नेता कोइराला कांग्रेसको पहिलो प्रदेश अधिवेशनबाट १ नम्बर प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए । उनले स्थानीय १० वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले कोइरालाको विरुद्धमा मौखिक उजुरी परेको बताए । ‘हामी अनुसन्धान गरिरहेका छौं,’ मुकारुङले भने, ‘लिखित होइन, मौखिक उजुरी परेको छ, बालिकाको अवस्था के छ हामी हेर्दैछौं, कोइरालालाई हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।