एमाले मोरङको अध्यक्षसहित पदाधिकारी सर्वसम्मत

विराटनगर । नेकपा एमाले मोरङको नवौं अधिवेशनबाट अध्यक्षसहित पदाधिकारीमा निर्विरोध हुने भएको छ ।

निर्वाचन तालिका अनुसार अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेद्वारी परेको छ । उक्त पदमा अन्यको उम्मेद्वारी नपरेपछि स्वतः निर्विरोध भएको हो ।

यसैगरी १६५ जनाको जिल्ला समितिमा ४ सयको हाराहारीमा उम्मेद्वारी परेको बताइएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुन भने बाँकी छ । अन्तिम नामावली प्रकाशन आजै साँझ ६ बजे गर्ने कार्यक्रम छ ।

उम्मेदवारी फिर्ताको समय भोली दिउँसो ३ बजेसम्मका लागि राखिएको छ । मतदान भने पर्सि नेकपा एमाले पार्टी कार्यालय पाञ्चालीमा बिहान १० बजेदेखि हुने बताइएको छ ।

शनिबार, २४ पुष, २०७८, साँझको ०५:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर