लोड हुँदैछ...

मेनु

अदालतले भन्यो, ‘रूपा सुनारमाथि जातीय विभेद भएको हो, धरौटी तिर्नु’

अदालतले भन्यो, ‘रूपा सुनारमाथि जातीय विभेद भएको हो, धरौटी तिर्नु’

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तनहुँकी रूपा सुनारमाथि कोठा भाडामा लिन जाँदा जातीय विभेद गरेको ठहर गरेको छ । अदालतले यसरी विभेद गर्ने बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई एक लाख १५ हजार रूपैयाँ धरौटी तिर्न आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासले उनलाई धरौटी तिर्न आदेश दिएको हो । बुधबार घरबेटी सरस्वती प्रधान अदालतमा हाजिर भएपछि थुनछेक बहस भएको थियो । बहसपछि अदालतले धरौटी तिर्न आदेश दिएको हो।

गत असार १ मा कोठा माग्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन अस्वीकार गरेको र आफूमाथि जातीय विभेद भएको दाबी गर्दै रूपाले मुद्दा दायर गरेकी थिइन्।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Biru kami
September 24, 2021 3:20 PM

Hami vishwakarma samaj kanun ko samman gardhachuo

प्रतिक्रियाहरू बन्द छन्।