विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले औपचारिक रुपमा विभाजन भएको छ।
बुधबार एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको केही घन्टामै नेपाल समूहका नेताहरूले निर्वाचन आयोगको कार्यालयमा गएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन्। अब आयोगले पार्टीको नाम र चुनाव चिन्हको अध्ययन गरेर स्वीकृति दिनेछ ।
नेता जगन्नाथ खतिवडाका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह खुला किताब राखिएको छ।

