प्रदेश १ : दलहरुकै कारण नामाकरणमा ढिलाइ भएको मुख्यमन्त्रीको दाबी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दलहरुले समय मागेका कारण प्रदेश नामाकरण सम्बन्धी प्रस्ताव अघि नबढेको बताएका छन् ।

नामाकरणमा भइरहेको भइरहेको ढिलाइका सम्बन्धमा सोधिएको प्रश्नमा मुख्यमन्त्री राईले नामका विषयमा दलहरुले समय मागका कारण प्रस्ताव अघि नबढेको बताएका हुन् ।

‘दलहरुले आ–आफ्नो दलमा छलफल गरेर फेरी छलफलमा बस्छौं भनेका छन् । दोश्रो चरणको बसाइमा नामहरु आउला अनि छलफल अघि बढ्छ’ केही बिलम्ब भएपनि चालु अधिवेशनमै नामाकरण टुंगो लगाइने उनको दावी छ । अन्य दलहरुले समय मागेका कारण नामाकरणको प्रस्ताव अघि नबढेको भन्ने मुख्यमन्त्रीको भनाइमा सत्यता नभएको अन्य दलका सांसदहरुले बताएका छन् ।

मुख्यमन्त्रीले दलहरुसँग औपचारिक रुपमा यो विषय छलफलमै नल्याएको बरु नेकपा एमाले भित्रै यस विषयमा सहमति बन्न नसकेका कारण नामाकरणको विषय अन्यौलमा परेको आरोप अन्य दलहरुले लगाएका छन् ।

बिहिबार, २८ साउन, २०७८, दिउँसोको १२:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर