लोड हुँदैछ...

मेनु

कुटाकुट हुँदा एक जनाको मृत्यु

कुटाकुट हुँदा एक जनाको मृत्यु

विराटनगर । ओखलढुङ्गा सिद्धिचरण नगरपालिका ५ चित्रेस्थित बाटोमा दुईजनाबीच कुटाकुट हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ४२ वर्षीया पासाङ तेन्जी शेर्पा रहेका छन् । तेन्जी शेर्पा र सोही स्थान वर्णालुका ६३ वर्षीय आङगुबु शेर्पाबीच झगडा भई कुटपिट भएको हो ।

गएराती १ बजे भएको झगडामा दुवै जना गम्भीर घाइते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको थियो भने आङगुबु शेर्पाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।