विराटनगर । उदयपुरगढी गाउँपालिका ७ अँधेरीस्थितमा रोकी राखेको टेम्पोमा सखुवाको रुख ढलेर किच्दा टेम्पुमा बसेकी एक जना महिलाको घटनास्थलमानै मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् ।
मृत्यु हुनेमा कटारी नगरपालिका–४ कि ३८ वर्षीय निशा दनुवार रहेकी छन् । शनिबार दिउँसो ३ बजे उनी आफ्नै श्रीमान् श्याम दनुवारसंग मोटरसाईकल चढी अधेरी झरना घुम्न गएकी थिईन् । सोही क्रममा उनी त्यही ठाँउमा रोकी राखेको प्र २–०१–००१ ह ०५६० नम्बरको टेम्पोमा गएर बसेको बेला रुख ढलेको थियो । रुखले टेम्पुलाई किचेको र उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । रुखले टेम्पु नजिकै रहेका कटारी ४ की २७ वर्षीय मिना दनुवार, कटारी ५ का टेम्पु चालक ४८ वर्षीय कुमार तामाङ र मृतककै श्रीमान्समेत घाईते भएका छन् । घाइतेमध्ये मिना र कुमारको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने मृतकको श्रीमान् श्यामको स्थानीय मेडिकलमानै उपचार भइरहेको छ ।
मोटरसाईकल अनियन्त्रित हुँदा एकको मृत्यु
यसैबीच सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ४ चिरौली चोकस्थित को८प ४११५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बेलुका पौने ९ बजे भएको सो दुर्घटनामा मोटरसाईकल पछाडी सवार सोही स्थानका ३५ वर्षीय हेमन्त उराउ गम्भीर घाईते भई जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा राती सभा ९ बजे मृत्यु भएको थियो ।
मोटरसाईकल र चालक ईनरुवा नगरपालिका ९ बबिया का ४० वर्षीय बाबुराम उरावलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।