लोड हुँदैछ...

मेनु

माओवादीद्वारा रंगेलीका प्रमुख दिलिप बगडीयालाई स्पष्टीकरण प्रकरण

बगडिया भन्छन्, ‘म माओवादीमै छु, मैले पार्टी हितविपरीत कुनै काम गरेको छैन’

बगडिया भन्छन्, ‘म माओवादीमै छु, मैले पार्टी हितविपरीत कुनै काम गरेको छैन’

विराटनगर । रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले आफूले पार्टीको हितविपरीत कुनै काम नगरेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र मोरङ जिल्ला समितिको बैठकले रंगेली नगरपालिकाका मेयर बगडियालाई तीन दिनभित्र स्पष्टीकरण दिन भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सो निर्णयको विषयमा प्रतिक्रिया लिन खोज्दा प्रमुख बगडियाले आफूले जनताको काम गरिरहेको पनि बताए । आफू काम विशेषले पार्टीको बैठकमा उपस्थिति हुन नसकेको बताउँदै उनले पार्टीको सम्पर्कमै रहेको र निर्वाचित मेयर भएको कारण जनताको काममै रहेको पनि बताए ।

‘म निर्वाचित मेयर हुँ, म अहिले पनि जनताकै काममा लागिरहेको छु,’ बगडियाले भने, ‘मैले माओवादी पार्टीको हित विपरीत र जनताको हित विपरीत कुनै पनि काम गरेको छैन ।’

स्पष्टीकरण पत्र माग गरिएको बारे आफूलाई जानकारी नभएको र यदि आएको अवस्थामा जवाफ दिने पनि उनले बताए । ‘मलाई अहिलेसम्म स्पष्टीकरण सोध्नेबारे भएको निर्णयको जानकारी छैन, यदि त्यस्तो कुनै पत्र आएको खण्डमा हेरेर उत्तर दिनेछु,’ उनले भने । माओवादी पार्टी तपाईले छोड्नुभएको हो कि किन यसखालको कारबाही भयो भन्ने प्रश्नमा बगडियाले आफू माओवादीबाटै निर्वाचित भएको र अहिले पनि पार्टीमै रहेको जानकारी दिए । ‘म अहिले पनि पार्टीमै छु, माओवादी पार्टीबाटै निर्वाचित भएको हुँ,’ उनले भने, ‘आरोप प्रत्यारोपसँग मतलब भएन, मैले त्यस्तो काम पनि गरेको पनि छैन, गर्नु पनि हुँदैन ।’

2 प्रतिक्रियाहरू

2 प्रतिक्रियाहरू

Rajendra mandal
August 7, 2021 6:46 PM

Ramarai pahuch rahechh

Abhijeet Singh
August 8, 2021 10:32 AM

Maha bhrast ho bagadiya. Ramchandra mandal ra rupesh Mandal le pani rangeli ko dherai paisa khaye.

प्रतिक्रियाहरू बन्द छन्।