विराटनगर । इटहरी उपमहानगरपालिका २ स्थित अन्नपूर्ण मार्गमा गे्रनेड बम फेला परेको छ ।
शनिबार बिहान अन्नपुर्ण मार्गमा गिटी खन्याएर सडक समयाउने क्रममा बम फेला परेको हो । बिहान करिब ८ बजे सडक निर्माणका गिटी खन्याएपछि एक बालकले बल आकारको उक्त बम फेला पारेका थिए । स्थानीय बम जस्तै शंकास्पद वस्तु फेला परेपछि इलाका प्रहरी कार्यालय इटहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले इटहरीस्थित सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो ।
बम डिस्पोजलको टोली आएर चेकजाँच गरेपछि उक्त शंकास्पद वस्तु गे्रनेड बम रहेको खुलेको सुनसरी प्रहरीका एसपी सञ्जय सिहं थापाले बताए । ईटहरी २ अन्नपूर्ण मार्गमा ल्याईएको उक्त गिटी सेउति खोलादेखि ल्याएको बुझिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।