बसको ठक्करबाट एक जनाको मृत्यु र एक घाइते

सुनसरी । सुनसरी धरान उपमहानगरपालिका–८ तिनकुने जंगलस्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनाबाट मोटरसाईकल पछाडी सवार यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० बर्षीया मिरा देवी साह रहेकी छन् । आज बिहान साढे ९ बजे धरानबाट ईटहरीतर्फ आउँदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडीबाट आईरहेको को१ ख ५४३० नम्बरको बसले पछाडीबाट ठक्कर दिई बिपरित दिशाबाट जादै गरेको प्रदेश–१–०२–४०प ६४०५ नम्बरको मोटरसाईकल समेतलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनाबाट मोटरसाईकल चालक मृतककै छोरा २५ वर्षीय बिमल साह समेत २ जना घाईते भई घोपा धरानमा उपचारको क्रममा दिउँसो ११ बजे मिरा देवी साहको मृत्यु भएको छ हो भने बिमलको सोही अस्पतालमानै उपचार भईरहेको छ । दुर्घटनामा सम्लग्न तिनवटै सवारी साधन र बस चालक धरान १५ का ४२ वर्षीय प्रभु खड्का पक्राउ परेका छन् ।

यसैबीच झापा गौरीगंज गाउँपालिका ६ खजुरगाछी बस्ने ६५ बर्षीय गंगा सुन्दासको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको छ । आज बिहान ८ बजे सोही स्थानमा रहेको गेउरीया खोला तर्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

बुधबार, २० साउन, २०७८, दिउँसोको ०४:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर