५५ वर्षेद्वारा ११ वर्षीया बालिकालाई बलात्कार प्रयास

विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नम्बर ७ थलाहाका एक ५५ वर्षीया पुरुषले ११ वर्षे बालिकालाई बलात्कारको प्रयास गरेको उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार बलात्कार प्रयास गर्ने सोही ठाउँका ५५ वर्षीय अनिल आचार्य हुन् । उनले छिमेकी एक बालिकालाई बलात्कारको प्रयास गरेका हुन् । ३ दिन अगाडि आचार्यले बालिकालाई प्रलोभन देखाएर बलात्कारको प्रयास गरेको स्थानीयले बताएका छन् ।

सोही आधारमा प्रहरीले किटानी जाहेरि लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । ‘घटनाको विषयमा हामीले अनुसन्धान गरिरहेका छौं, दोषि फरार भएकोले उनको खोजी जारी छ,’ श्रेष्ठले भने, ‘उनको विषयमा जाहेरि दर्ता गराएर अनुसन्धान गरिरहेका छौं ।’

सोमबार, १८ साउन, २०७८, साँझको ०६:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर