प्रदेश १ अर्थ समिति सभापति खड्का शिक्षण अस्पताल भर्ना

विराटनगर । नेकपा माओवादी केन्द्रका नेता एवम् प्रदेश १ संसद्का अर्थ समिति सभापति मोहनकुमार खड्का अस्वस्थ भएपछि उपचाररका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा भर्ना भएका छन् ।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई बुधबार साँझ अस्पताल भर्ना गरिएको माओवादी प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । ‘श्वासपश्वासमा समस्या र निरन्तर वान्ता भएपछि उहाँ बेहोस् हुनुभयो’, नेता आङ्बोले भने ‘त्यसपछि अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको छ ।’

काठमाडौंस्थित आफन्तको घरमा रहेकै बेला खड्का विरामी परेका हुन् । उनलाई बिहीबार अस्पतालमा भेटेर फर्केका नेता आङ्बोका अनुसार खड्काको स्वास्थ्य सुधारोन्मुख छ । ‘अहिलेसम्म आकस्मिक कक्षमै राखेर उपचार भइरहेको छ’, आङ्बोले भने ‘अहिले उहाँको होस् आएको छ । अब वार्डमा सार्ने तयारी भइरहेको छ ।’

बिहिबार, १४ साउन, २०७८, दिउँसोको ०३:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर