लोड हुँदैछ...

मेनु

जबरजस्ती करणीको आरोपमा नेपाल प्रहरीका एक असई पक्राउ

जबरजस्ती करणीको आरोपमा नेपाल प्रहरीका एक असई पक्राउ

विराटनगर । महिला जबरजस्ती करणीको आरोपमा नेपाल प्रहरीका एक असई पक्राउ परेका छन् ।

झापास्थित ट्राफिक प्रहरी पोष्ट केरखामा कार्यरत जितेन्द्रनारायण मण्डल पक्राउ परेका हुन् । मण्डल विरुद्ध शुक्रबार विराटनगरस्थित १ नं. प्रदेश प्रहरी कार्यालयमा करणीको आरोपमा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि प्रहरीले अनुसन्धानका लागि आईतबार उनलाई नियन्त्रणमा लिएको हो । सोमबार जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गर्दै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक अर्जुन केसीले बताए । ‘शनिबार जाहेरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका थियौं,’ उनले भने, ‘अहिले म्याद थप गरि अनुसन्धान अघि बढाएका छौं ।’

धरान घर बस्दै आएकी २३ बर्षीया रुपा श्रेष्ठले शुक्रबार असई मण्डलविरुद्ध जबरजस्ती करणीको आरोपमा जाहेरी दिएकी थिईन् । मण्डलले अन्तिम पटक २०७७ चैत २८ गते इटहरी–६ स्थित अरुण होटल एण्ड लजमा लगेर करणी गरेको आरोप महिलाको आरोप छ ।

असार २४ गते विराटनगरमा पत्रकार सम्मेलन गर्दै महिलाले विवाह गर्ने प्रतिबद्धताका साथ ४ वर्ष अघिदेखि मण्डलले करणी गर्दै आएको बताएकी थिईन् । उनीले पछिल्लो ४ वर्षमा प्रदेश १ को मोरङ, सुनसरी, झापा र भोजपुरका आधा दर्जन बढी ठाउँमा सरुवा भईसकेका मण्डलले आफुलाई पनि सरुवा भएकै ठाउँमा डेरा गरि राख्दै आएको जानकारी दिएकी थिईन् । त्यस दौरान एकपटक गर्भ समेत बसेको अवस्थामा मण्डलले ललाईफकाई गर्भपतन गराईदिएको उनको आरोप थियो । गर्भपतन गराउन विभिन्न स्वास्थ्य केन्द्र गएको र परीक्षण गरेका कागजात समेत आफुसँग सुरक्षित रहेको उनीले दाबी गरेकी थिईन् ।

पत्रकार सम्मेलनको क्रममा श्रेष्ठले सप्तरी घर भएका मण्डलले पछिल्लो समय आफ्नो जेठी श्रीमतीबाट फोन गरेर आफुलाई धम्क्याउने गरेका आरोप समेत लगाएकी थिईन् । महिलाको भनाई उनको घर म्यानमार हो । ९ वर्षअघि नातामा मामा पर्ने धरानका मेघराज श्रेष्ठका साथ उनी नेपाल आएकी थिईन् । तर मामाकै सहमतिमा उनको साथी रामकुमार राईले पनि बर्षौसम्म आफुसँग बलात्कार गरेको महिलाको आरोेप छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।