लोड हुँदैछ...

मेनु

उर्लाबारी ७ दिन बन्द गर्ने विपद् व्यवस्थापन केन्द्रको निर्णय

उर्लाबारी ७ दिन बन्द गर्ने विपद् व्यवस्थापन केन्द्रको निर्णय

विराटनगर । कोरोना संक्रमण फेरीपनि बढ्न थालेपछि मोरङको उर्लाबारी नगरपालिकाले मंगलबार मध्यरातिदेखि साउन १९ गते रातिसम्म नगरका सम्पूर्ण सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

उर्लाबारी नगरपालिकाको विपद् व्यवस्थापन केन्द्रको सोमबार बिहान बसेको बैठकले बुधबार बिहानबाट लागू हुनेगरी औषधि, दूध डेरी, कलेजका परीक्षा र खानेपानी सेवा बाहेक अन्य सबै सेवा तथा व्यवसायहरु बन्द गर्ने निर्णय गरेको हो ।

उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको सचिवालयले विपद् व्यवस्थापन केन्द्रको बैठकको निर्णय सामाजिक सञ्चाल मार्फत सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds