लोड हुँदैछ...

मेनु

बीपीए आठौं सेमेस्टारको रिजल्ट

मोरङ क्याम्पसका १७ विद्यार्थीले ल्याए डिस्टिङ्सन

मोरङ क्याम्पसका १७ विद्यार्थीले ल्याए डिस्टिङ्सन

विराटनगर । महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरले बीपीएको आठौं तथा अन्तिम सेमेस्टारको परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ । त्रिभूवन विश्वविद्यालयको आंगिक क्याम्पसहरुमा पठनपाठन कम र राजनीति बढी हुने भनि गरिदै आएको आलोचनालाई खण्डित गर्दै मोरङ क्याम्पसले बीपीए तर्फ उत्कृष्ट नतिजा हासिल गरेको हो ।

गत वैशाख महिनामा सञ्चालित पहिलो ब्याचको अन्तिम सेमेस्टार परीक्षाको आइतबार परीक्षाफल प्रकाशित हुँदा ८१ प्रतिशत विद्यार्थीले विशिष्ट श्रेणीमा (डिस्टिङ्सन) उतिर्ण भएका छन् भने १९ प्रतिशत विद्यार्थी पहिलो श्रेणीमा उतिर्ण भएको सहायक क्याम्पस प्रमुख डिल्ली पोखरेलले जानकारी दिए । भौतिकरुपमा उपस्थित भएर वैशाख महिनामा सञ्चालन गरेका परीक्षाको नतिजा प्रकाशन हुँदा राम्रो परिणाम आएको उनले बताए ।

महेन्द्र मोरङ क्याम्पसबाट बीपीए तर्फको पहिलो ब्याचका विद्यार्थीहरु पास आउट हुने क्रममा सबै परीक्षार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन् । बीपीएका लागि क्याम्पसले ३० जना विद्यार्थीको कोटा प्राप्त गरेको भएपनि अन्तिम सेमेस्टारसम्म २१ जना विद्यार्थीमात्र नियमित थिए । २१ जनाले परीक्षा दिएकोमा सतप्रतिशत विद्यार्थी उर्तिण भएको र त्यसमा पनि सबैले उत्कृष्ट नतिजा प्राप्त गरेकोमा क्याम्पसको गर्व महशुस गरेको सहायक क्याम्पस प्रमुख पोखरेलले बताए । उनले सम्भवत नेपालमै आफ्नो क्याम्पसले बीपीए तर्फ उत्कृष्ट नतिजा ल्याएको बताए ।

पछिल्लो समय मोरङ क्याम्पसको पढाइको स्तरमा उल्लेख्य सुधार हुँदै गएको पनि पोखरेलले बताए । बिबिए तर्फको नतिजा पनि विगतको तुलनामा राम्रो आइरहेको र अन्य संकाय तर्फको नतिजा पनि सुधार हुँदै गएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।