विराटनगर । विराटनगर–५ बिजुली अफिस अगाडी मोटसाइकलमा मृत भेटिएका विराटनगर–४ मुनालपथका ६७ वर्षीय सुदर्शन शर्मा न्यौपानेको ट्रकको ठक्करदेखि मृत्यु भएको खुलेको छ ।
मोरङ प्रहरीले दुर्घटना भएको ५ दिनपछि ठक्कर दिने ट्रक चालक सुनसरी धरान उप–महानगरपालिका २० देवीगाउँका २८ वर्षीय रामशरण राईलाई पक्राउ गरि आईतबार सार्वजनिक गरेको हो । ४ साउनमा राईले चलाएको को १ क १३३३ नम्बरको ट्रकले बिजुली अफिस अगाडी को ४ प २३१६ नं. को मोटसाइकललाई ठक्कर दिएको थियो । मोटसाइकलमा सवार न्यौपानेलाई ट्रकले ठक्कर दिपछि चालक फरार भएका थिए । फरार भएका चालकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । न्यौपानेलाई ठक्कर दिने ट्रकले त्यसबेलामा कोइला बोकेर आएको थियो । उक्त कोइला धनकुटाको सिधवा पु¥याउनुपर्ने थियो । ट्रकले ठक्कर दिएपछि मोटसाइकलमा सवार न्यौपाने लडेका थिए । स्थानियले देखेपछि उनलाई उठाएर मोटसाइकमा राखिदिएका थिए । त्यसदिन पानी परिरहेको थियो । मोटसाइकलमा चढेपछिविराटनगर । विराटनगर–५ बिजुली अफिस अगाडी मोटसाइकलमा मृत भेटिएका विराटनगर–४ मुनालपथका ६७ वर्षीय सुदर्शन शर्मा न्यौपानेको ट्रकको ठक्करदेखि मृत्यु भएको खुलेको छ ।
मोरङ प्रहरीले दुर्घटना भएको ५ दिनपछि ठक्कर दिने ट्रक चालक सुनसरी धरान उप–महानगरपालिका २० देवीगाउँका २८ वर्षीय रामशरण राईलाई पक्राउ गरि आईतबार सार्वजनिक गरेको हो । ४ साउनमा राईले चलाएको को १ क १३३३ नम्बरको ट्रकले बिजुली अफिस अगाडी को ४ प २३१६ नं. को मोटसाइकललाई ठक्कर दिएको थियो । मोटसाइकलमा सवार न्यौपानेलाई ट्रकले ठक्कर दिपछि चालक फरार भएका थिए । फरार भएका चालकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘न्यौपानेलाई ठक्कर दिने ट्रक त्यसबेलामा कोईला बोकेर आएको थियो । उक्त कोइला धनकुटाको सिधुवा पु¥याउनुपर्ने थियो,’ उनले भने, ‘तर, बाटोमै ट्रकले न्यौपानेलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटसाइकलबाट लडेका न्यौपानेलाई स्थानीयले उठाएर मोटसाईकलमा राखिदिएको खुलेको छ ।’
मोटसाईकलमा चढेपछि उनको मृत्यु भएको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले बताएका छन् । यद्यपि दाँया हात, खुट्टा र आँखापनि चोटपटक देखिएको न्यौपाने मृत अवस्थामा भेटिएको दिन परिवारले दुर्घटना गराएपछि शव मोटसाइकलमा राखिदिएकोले आशंका गरेपछि प्रहरीले घटनाको कडा अनुसन्धान गरेको थियो ।
पक्राउ परेका चालक राईलाई भने मोरङ प्रहरीले आईतबार सवारी ज्यान मुद्दामा ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।