विराटनगर । करेन्ट लगाएर माछा मार्ने क्रममा मोरङ बेलबारीका ६३ वर्षे पदमबहादुर गुरुङको मृत्यु भएको छ ।

शुक्रबार अपरान्ह बेलबारी स्थित कयर खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा गुरुङलाई नै करेन्ट लागेको थियो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।