लोड हुँदैछ...

मेनु

पहिरोले पुरेर मजदुरको मृत्यु

पहिरोले पुरेर मजदुरको मृत्यु

पाँचथर । पाँचथर हिलिहाङ गाउँपालिका ५ सुभाङ स्थित मध्यपहाडी लोकमार्गमा रोडकै काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेहथुम आठराई गाउँपालिका ५ छातेढुंगा का २७ वर्षीय टिका मोक्तान रहेका छन् । हिंजो दिउँसो ३ बजे रसुवा कन्ट्रक्सनको मजदुर रहेका मुक्तानको रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अवस्थामा १५ मिटर माथिबाट पहिरो खसेर पुरेको थियो ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय अमरपुरबाट प्रहरी टोली खटि गई पहिरोबाट उद्धार गरि निकाल्दा मुक्तानको मृत्यु भईसकेको थियो । घटना सम्बन्धी थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाँचथरबाट भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।