४८ वर्षअघि गोरखाको आँपपिपल गाविस ३ मा जन्मेका थिए मातृका देवकोटा । परिवारमा ३ भाइमा कान्छो थिए । गाउँकै स्कुलमा पढे । उनको स्वभाव गम्भीर प्रकृतिको थियो । पढाइ पनि मध्यम थियो । १५ वर्षको हुँदा उनलाई चाहिने भन्दा बढी पढ्न मन लाग्थ्यो । धेरै पढ्थे । एकदमै रिजर्भ बस्थे । अरुसँग कम बोल्थे । एसएलसी दिँदा उनलाई लेख्न एकदमै गाह्रो भयो । तैपनी सेकेण्ड डिभिजनमा पास गरे । त्यसपछि चाँही उनको पढ्ने शक्त्ति नै हरायो । धेरै तनावमा परे । परिवारले उनलाई मानसिक रोग लागेको छ भनेर बुझन् सकेनन् ।
उनलाई उपचारमा लानुको साटो दाजुहरुले वन विज्ञान अध्ययन संस्थान पोखरामा फरेस्ट्री पढ्न भर्ना गरिदए । तर, पढाइ भन्ने बित्तिकै उनलाई थकाइ लाग्थ्यो । आँखा राता हुन्थे । सबैले धेरै पढेर आँखा रातो भएको भन्थे । उनलाई मात्र थाहा थियो उनले केही पढेकै छैनन् र बहाना मात्र गरेको हो भन्ने ।
त्यो बेला पढ्न बस्यो की उनको टाउकोमा ‘सक’ गथ्र्यो । ढाड दुख्थ्यो । ऐनामा अनुहार हेर्दा उनलाई आफै एकदमै डर लाग्थ्यो । उनी अझै पनि मोवाइलमा सेल्फी खिच्दैनन् र हत्तपत्त ऐना हेदैनन् । रोग बढेपछि उनले जाँच राम्रो दिन सकेनन् । शिक्षकहरुको सहानुभूतिले गर्दा जसैतसै आइएस्सी पास गरे । आइएस्सी गरेपछि रेन्जरको जागिर पक्का भयो । ६ महिना उनले जागिर पनि खाए । तर काम गर्न सकेनन् । किनभने उनी मानसिक बिरामी थिए । त्यसपछि उनी सरक्क घर फर्केर ८ बर्ष आफनै पाराले बिताए ।
पढेलेखेको ‘रेन्जर, साहेब भएपनि घरमा उनि रिर्जब बस्थे । करेसाबारीमा आफनै पाराले काम गरेर दिनरात बिताउँथे । तर गाउँमा सबैले धेरै पढेर पनि केह केहि गर्न सकेन झन् आमाबुवालाई सुख दिनुको साटो झन् दुःख दियो भनेर कुरा काटने गर्थे । लाछी भनेर होच्याउँथे । उनलाई दुख लाथ्यो । तर, चाहेर पनि केही गर्न सक्दैनथे । उनलाई थाहा थियो उनी रोगी हुन भनेर तर गाउँलेहरुले पढेर घमण्डी भएको । बिहे नगरेर बिग्रेको र संक्रिर्ण स्वभाव भएको मान्छे आदि अनेक अनेक भनेर कुरा काट्ने गर्थे ।
मानसिक रोग भनेर पत्तै पाएनन्
घरमा आएर बसेको ८ वर्ष बितिसकेको थियो । तर उनलाई बिरामी भनेर कसैले भनेन् र उपचार गराउन कसैले लगेनन् पनि । त्यो बेला मानसिक रोगलाई बिराम नै ठानिदैन्थ्यो । बरु मानसिक रोग लागेको भनेर कसैल भन्यो भने ‘यो बहुला हो’ भनेर होच्याउँथे । ८ वर्षपछि कसैले उनलाई तिमीलाई मानसिक बिमार लागेको हुन सक्छ ? भनेर उपचार गराउन सल्लाह दियो । त्यो बेला गोरखामा भर्खर मिसन अस्पताल खुलेको थियो । उनी त्यहाँ उपचार गराउन गए । तर उनको रोग निको भएन । उनले आफुलाई मानसिक रोग लागेको भन्ने चाँही बुझे । यसैले उनले काठमाण्डौ गएर उपचार गराउने निधो गरे ।
आफैले गरे आफनो उपचार
२०५५ तिर मातृका काठमाण्डौ आए । किराना पसलहरुमा काम गर्न थाले । साइकलमा डुलाएर समानहरु बिक्री गर्थे । हिसाव मिलाउन नसक्दा धेरै गाली खान्थे । तर सबै सहेर उनले आफ्नो उपचार जारी राखे । वीर र पाटन अस्पताल गए तर त्यहाँको औषधीले छोएन । अन्य निजी डाक्टरकोमा पनि गए तर कुन रोग हो भनेर छुट्टिन सकेन । त्यही क्रममै उनी एकपल्ट मानसिक रोग बिशेषज्ञ बिश्वबन्धु थापाकोमा पुगे । अनि मात्र उनलाई दवाई म्याच ग¥यो । अनि उनलाई लागेको रोग मुड लो हुने ‘युनिपोलर’ हो भन्ने पनि थाहा भयो ।
उनको काम र उपचार सँगसँगै चलिरहेको थियो । त्यही क्रममा उनले एक विदेशीको घरमा काम गर्ने जागिर पाए । तलब ठीकै थियो । त्यहाँ उनले मासिक १५ सय बचत गर्न भ्याए । , एक बर्षपछि उनले बचत गरेको पैसा नाइट बस चढेर घर पुगेर आमाबुबाको हातमा राखिदिए । त्यो बेला उनलाई धेरै शान्ति प्राप्त भयो । त्यसपछि उनले घरमा बेला बेला पैसा पठाउन थाले । त्यसपछि उनलाई समाजमा हेर्ने दृश्टिकोण पनि सकारात्मक बन्दै गयो । आमाबुवा पनि खुसी भए । उनको उपचार जारी नै थियो । सुधार पनि हुँदै थियो । उनले टुरिष्ट गाइडको काम पनि गरे । पछि दांङको मिसन अस्पतालमा जागिर खान पुगे । ६ बर्ष जागिर खाएर कमाएको पैसाले घरको ऋण सबै तिरे । बुवाआमाको उपचार पनि गराए ।
कोशिस जन्माउने कोशिस
२०६२ तिर उनको बुवाको मृत्यु भयो । त्यसपछि उनले जागिर छाडे । आमालाई काठमाण्डौ ल्याएर उपचार गराउन थाले । रोगमा सुधार भएकोले १९ वर्षपछि बिए पढ्न थाले । रोग निको भएपछि उनलाई हिम्मत जुट्न थाल्यो । २०६५ मा उनले स्नातक सके । त्यत्तिबेलासम्म उनले मानसिक रोग र स्वास्थ्यबारे धेरै बुझिसकेका थिए । जागिर खाएर घरजम गर्न भन्दा आफु जस्तै रोगी र मानसिक स्वास्थ्यबारे केही गर्नुपर्छ भन्ने उनमा हुटहुटी भयो । किनभने मानसिक रोग र रोगीबारे धेरै नकारात्मक धारण समाजमा थियो र राज्य पनि पुरै उदासिन थियो । उपचार गराउन अस्पताल पनि सुलभ थिएनन् । सडकमा भौतारिने रोगीहरुको संख्या ‘दिन दुना रात चौगुना ’ले बढिरहेको थियो । उनिहरुले माया र स्नेह पाउन सकेका थिएनन् बरु उल्टै मानिसहरुबाट यातना पाइरहेका थिए ।
त्यसपछि उनले आफु निकट सहयोगी जम्मा गरेर ‘कोशिस’ नामको समाजिक सँस्था दर्ता गराए । र, सडकमा भौतारिरहेका कडा खाले मनोरोगीहरुलाई उद्धार गरेर उपचार गराउन सुरु गरे । अहिलेसम्म उनले कोशिस मार्फत देशका बिभिन्न स्थानमा सडकमा अलपत्र भौतिरिरहेका सयौं मनोरोगीको उद्धार गरेर उपचार गराइ समाजमा पुनसर््थापना गराइसकेका छन् । र, यो अभियान उनको निरन्तर जारी छ । जबसम्म उनी र कोशिस रहन्छन् तबसम्म उनको यो कार्य टुट्ने छैन यो उनी र उनको संस्थाको अठोट हो । ललितपुरको खुमलटारमा कोशिसको हेरचाह केन्द्र छ । र, सिन्धुपाल्चोक, काभ्रे , मोरङ लगायतका जिल्लामा शाखाहरु पनि छन् ।
मनोरोग विरोधी अभियन्ताका रुपमा पहिचान बनाइसकेका मातृकाले नेतृत्व गरेको ‘कोशिस’ नामक संस्थाले मानसिक रोग , रोगी र स्वास्थ्य अधिकारका लागि निरन्तर कोशिस गरिरहेको छ । मनोरोग र मानसिक स्वास्थ्य नीति बनाउन सहयोग गरिरहेको छ । हाल देशका सातवटै प्रदेशमा मानसिक स्वास्थ्य नीति बनाउनेदेखि नागरिक समाज, प्रहरी प्रशासन, सांसद, दलका नेता र न्याय र सञ्चारक्षेत्रका मानिसहरुलाई मानसिक स्वास्थ्यको समस्या र समाधानबारे बुझाउने कोशिस गरिरहेको छ । कायम रहेका नाकारात्मक धारणा हटाएर मानसिक रोग र रोगी अनि उनिहरुको परिवारलाई हेर्ने दृश्टिकोणमा परिवर्तन ल्याउन उनी निरन्तर कोशिस गरिरहेका छन् । किनभने अझै पनि समाजमा मानसिक रोग र रोगीलाई हेर्ने दृष्टिकोण नकारात्मक छ । विभिन्न अन्धविश्वास कायमै छन् । दिन दुगुना रात चौगुना बढ्दो समस्या भएपनि अझै पनि राज्यले मानसिक स्वास्थ्य समस्यालाई राष्ट्रिय समस्या मानेकै छैन । उपचारमा दक्ष जनशक्त्ति अनि भौतिक संरचनाको चरम अभाव कायमै छ । आवश्यक नीति निर्माण भएकै छैन । आफै रोगी भएपनि पछि आफ्नै बलमा उपचार गराएर आफूहरु जस्ताको अधिकारका लागि निरन्तर लागिपरिरहेका मातृकाले अनुकरणीय र उदाहरणीय काम गरेको भनेर राष्ट्रिय र अन्तराष्ट्रिय स्तरबाट धेरै सम्मान प्राप्त गरिसकेका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।