प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शपथग्रहण

काठमाडौँ । राष्ट्रपति कार्यालयको पत्र सच्याउनु पर्ने अडान लिएर सपथ लिन नमानिरहेका शेरबहादुर देउवाले अन्ततः सपथ ग्रहण गरेका छन् ।

नेपाली कांग्रेसका सभापति देउवालाई शीतल निवासमा आज साँझ आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा उल्लेख नभएको भन्दै देउवाले आपत्ति जनाएपछि शपथ समारोह केही बेर ढिला भएको थियो ।

मङ्गलबार, २९ असार, २०७८, रातीको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर