काँग्रेसबाट गृहमन्त्रीमा खाँड, कानूनमा कार्की

विराटनगर । नेपाली कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाउने भएको छ ।

नवनियुक्त प्रधानमन्त्री देउवाको सपथपछि गठन हुने मन्त्रिपरिषदमा पहिलो चरणमा आजै खाँण र कार्कीले सपथ लिने भएका छन् ।

राष्ट्रपति भवन शितलनिवासमा देउवाले पद तथा गोपनीयताको सपथ लिँदैछन् । प्रधानमन्त्रीको सपथलगत्तै मन्त्रीहरुको पनि सपथको तयारी भएको छ ।

पूर्वरक्षामन्त्री खाँण कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् भने कार्की देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री थिए । कार्कीले अर्थमन्त्री दावी गरेको भएपनि सो मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ ।

देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री र नेतृ पम्फा भुसाल ऊर्जामन्त्री बन्ने भएका छन् ।

मङ्गलबार, २९ असार, २०७८, साँझको ०६:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर