विराटनगर । रंगेली नगरपालिका उपमेयर केशव कुमारी खराल पति वियोगमा परेकी छिन् । उपमेयर खरालका ६९ वर्षीय पति दिनामणि शर्मा खरालको आज दिउँसो हृदयघातका कारण निधन भएको हो ।

करिब १८ महिनादेखि मुटुको बिरामीसमेत रहेका शर्मा खराल आज दिउँसो एक्कासी घरमै बेहोस भई लडे्पछि रंगेली अस्पतालमा उपचारको क्रममा निधन भएको रंगेली अस्पतालका मेसु रोहेन्द्र पाण्डेले जानकारी दिए ।

रंगेली नगरपालिका–३ रन्जनी निवासी उपमेयर खरालका पति पूर्व शिक्षक हुन् । उनी रंगेली–३ निशान थानस्थित सरस्वती प्राविका प्रध्यानध्यापक थिए । उनको आजै दिउँसो रंगेली–३ काजिमान चौकस्थित स्वर्गद्वारा आर्यघाटमा अन्तिम दाह्रसंस्कार गरिएको छ । उनको पार्थिव शरीरमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा निवर्तमान संघीय सांसद शिवकुमार मण्डल, प्रदेशसभाका सांसद कुलप्रसाद साम्बा (कुशल), रंगेली नगरपालिकाका प्रमुख दिलिपकुमार बगडियालगायतले हँसिया हथौडा अंकित झण्डा ओडाएका थिए ।