लोड हुँदैछ...

मेनु

लायन्स क्लबको पथरीमा रक्तदान कार्यक्रम

लायन्स क्लबको पथरीमा रक्तदान कार्यक्रम

पथरी । लायन्स क्लब अफ पथरी शनिश्चरे, लायन्स क्लब अफ कानेखोपरी र लायन्स क्लब योङ्ग हर्ट पथरी शनिश्चरेले आफ्नो स्थापना दिवसको अवसरमा बृहत् रक्तदान गरेको छ ।

स्थानीय नर्वदेश्वर मन्दिरको प्राङ्गण, पथरी बजारमा गरिएको कार्यक्रममा ४० प्रिन्ट रगत संकलन भएको छ । रेडक्रस जिल्ला मोरङ कार्यसमितिको सहकार्यमा सम्पन्न कार्यक्रममा स्थानीय राजनीतिकर्मी, समाजसेवी र व्यापारी–व्यवसायीले उत्साहप्रद रक्तदान गरे ।

स्थानीय राजनीतिकर्मी युवराज बास्कोटा, शिक्षाक्षेत्रमा स्थापित सामाजिक व्यक्तित्व अर्जुनकुमार बुढाथोकी, लायन्स लिडर रोशनकुमार बुढाथोकी, पथरी उद्योग वाणिज्य संघ अध्यक्ष दीपक बस्नेत, स्वास्थ्यकर्मी हेमराज चापागाईं, लायन्स उपेन्द्र कँडेल, सर्वलाल राई, गोमा पौडेल बुढाथोकी, अनु राईलगायत दर्जनौं रक्तदाताले रक्तदान गरेका थिए ।

कोरोना महामारी र बाढीपहिरोको कहर झेल्नुपरेको विद्यमान अवस्थामा संकलित रगतलाई प्रयोगमा ल्याउन सकिने धारणा राख्दै नगरपालिका स्वास्थ्य संयोजक मुरारी आचार्य र लायन्स लिडर भगतचन्द्र थपलियाले शुभेच्छा व्यक्त गरे ।

अङ्ग्रेजी मिति अनुसार आज १ जुलाई अर्थात् लायन्स अभियान आरम्भ भएको दिन हो । यो दिन देशव्यापी रूपमा रचनात्मक कार्यक्रममार्फत नयाँ नेतृत्व चयन, निर्माण र परिचालनको सन्देश दिने गरिएको जोन चेयर पर्सन लायन्स उपेन्द्र कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।