लोड हुँदैछ...

मेनु

स्याउ तस्करीमा चार प्रहरी दोषी ठहर

स्याउ तस्करीमा चार प्रहरी दोषी ठहर

विराटनगर । तस्करी गरी भारत पु¥याइएको चाइनिज स्याउको सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले गठन गरेको छानविन टोलीले चार जनालाई कार्वाहीको सिफारिस गरेको छ ।

भारतीय प्रहरीले जेठ ३० गते तस्करी गरेर लगिएको तीन ट्रक चाइनिज स्याउ बरामद गरेपछि त्यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए ।

स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको छ । अनुसन्धान टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीका अनुसार अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान तस्करी गराउन संलग्न देखिएका चार प्रहरीलाई कारबाहीको लागि सिफारिस गरिएको छ ।

जेठ २९ गते राति हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट चाइनिज स्याउ बोकेका तीनवटा नेपाली नम्बरका ट्रक भारतसम्म पुगेको पाइएको छ । घटनापछि सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई गङ्गा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असई आशनारायण चौधरी निलम्बनमा परेका थिए । छानविन टोलीले कार्कीलाई दोषी भएको निश्कर्ष निकालेको छ भने थापा र चौधरीलाई निर्दोष देखाएको छ ।

अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान दोषी देखिएकाले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरिएको छ । सो प्रकरणमा प्रहरीका उच्च अधिकारीको पनि संलग्नता रहेको चर्चा रहेकोमा छानविन प्रतिवेदनमा त्यसबारे उल्लेख छैन ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह बाहिनी मुख्यालय पकली सुनसरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा गठन गरेको छानविन टोलीले सशस्त्र प्रहरी बल बिओपी लाहीका इञ्चार्ज इन्स्पेक्टर महेश कार्कीलाई दोषी ठहर गरेको छ । नाका सिल रहेको अवस्थामा लाखौं मूल्य पर्ने १ हजार ३५० कार्टुन चाइनिज स्याउ बोकेर तीन वटा नेपाली ट्रक सजिलैसँग भारतीय भूमि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।