विराटनगर । मोरङको रंगेली नगरपालिका ७ रंगेली बजारमा मंगलबार विहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पश्चिमतर्फ जाँँदै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिफरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा प्र १–०२–०४३ प ८०११ नम्बरको मोटरसाईकल चालक रतुवामाई ६ सौठा का ४२ वर्षीय तिलकराज खड्काको मृत्यु भएको हो । टिपरले मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका खड्काको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको थियो । ट्रिफर र चालक धनपालथान ६ का ३९ बर्षीय विद्या सागर राय ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको छ ।





















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।