विराटनगर । विराटनगरका विभिन्न ठाउँमा सृङ्खलावद्ध चोरीमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ११ का पप्पु सहनीलाई पक्राउ गरेको छ । पक्राउ परेका सहनी माथि प्रहरीले विभिन्न ठाउँमा भएको चोरीको घटनामा संलग्नता रहेको भन्दै कारवाही प्रकृया अगाडि बढाएको छ ।

सहनीले असार ७ गते करिव १ बजेको समयमा विराटनगर ११ पिचराका बिकास गुरुङको घरबाट ल्यापटप, त्यही ठाउँकी मुनीदेवी साहको घरबाट चार जोर चाँदीको पाउजु, मोवाइल फोन चोरी गरेका थिए ।

प्रहरीले सहनीलाई पक्राउ गर्दा उनले विभिन्न ठाउँबाट चोरेर संकलन गरेको मोवाइल फोनहरु, एक जोर सुनको झुम्का, चाँदीको बाला, चाँदीको सिक्का, लकेट आदि बरामद गरेको छ । प्रहरीले सहनीलाई चोरी कसुर अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ ।