पाँचथर । पाँचथर जिल्लामा ८ वटा स्थानीय तह र ६० वटा वडा छ्न् । स्थानीय तहको निर्वाचन पछि ६० वटा मध्येमा दुईवटा मात्र वडामा मात्र महिला वडाध्यक्ष छ्न् ।

पाँचथरको फालेलुङ गाउपालिकाको वडा नम्बर ६ कि सुजता वान्तबा राई र फिदिम नगरपालिका १० मा विना तुम्बापो थाहाम्सुहाङले अहिले पाँचथरको दुई वटा कार्यालयको नेतृत्व गरिरहेका छन् ।

सुजता वान्तबा राई फालेलुङ- ६

लेकाली हावापानी भौगोलिक रुपमा अत्यन्त विकट क्षेत्र सदरमुकामबाट करिब ६० किलोमीटर दुरीमा अवस्थित फालेलुङ ६ बरभञ्ज्याङकी अध्यक्ष हुन् सुजाता ।

सामान्य परिवार किसानकी छोरी तथा बुहारी । परिवारिक सहयोग र हौसलाका कारण सामाजिक कार्यमा आफूलाई स्थापित गर्दै आएकी थिइन् । केहि वर्षदेखि अस्थायी शिक्षकको रुपमा कार्यरत समेत रहेकी राईको इच्छा भने राजनीतिमा थिएन । तर सामाजिक रुपमा महिलालाई कसरी सक्षम बनाउने भन्ने कुरा मनमा खेलाइ रहन्थिन् ।

उनको समाजिक योगदान र अनुभवलाई प्रथमिकता दिएर स्थानीय तहको चुनावमा पाटिले टिकट दियो र जनताले उन्को सक्क्षमता र सक्रियताको उच्च मुल्यांकन गर्दै उनलाई वडा अभिभावकका रुपमा बिजय गराए ।

४५० घर धुरी रहेको ६ नम्बर वडामा महिलाले केहि लछारपाटो लाउन सक्दैन महिला नेतृत्व असफल हुन्छ भन्ने तर्क नआएका होइनन् तर राईले त्यो कुरालाई मनन गरेर अगाडि बढिरहिन् ।

हाल उनको कार्य क्षमता र कौशलताको चर्चा गाउँदेखि सहरसम्म हुने गरेको छ । समाज परिवर्तन र महिलालाई उद्ययमि सिर्जना गर्न । युवा बालबालिका तथा सबै नागरिकलाई अनुकुल कार्यक्रम ल्याएर सबैको मनमा बस्न सफल भएकी छ्न् ।

बिकटिलो गाउँलाई भौतिक पुर्वधार निर्माण तथा बाटो घाटो स्थान उन्नति अन्य वडाको तुलनामा छिटो र पारदर्शी रुपमा गर्दै आएको स्थानीय सुनाउँछ्न् ।

राई भन्छिन् ‘महिला नेतृत्व चौतर्फी काँडाबाट निखारिएर आएको एउटा सुन्दर फूल हो त्यो न ओइलिन्छ न त बिचलित नै हुन्छ । हरेक नागरिकको मनमा बस्न सफल हुन्छ । मैले पनि आफ्नो संघर्षपुर्ण जीवनलाई निखार्दै यहासम्म आएको छु’ उनी थप्छिन् ‘पारिवारिक र सामाजिक साथ पाएँ नेतृत्व लिएर काम गर्ने गाह्रो छैन । लामो समयको सामाजिक अभ्यासको कारण वडाको नेतृत्वलाई अब्बल बनाउने प्रयास गरेको छु । नागरिकको तर्फबाट राम्रा काममा सदैव साथ र गलत भयो कि भन्ने लागेमा सल्लाह सुझावको अपेक्षा राखेकी छु । म वडालाई समृद्धि र वडा बासिलाई सक्षम बनाउने काममा कहिले पछि हट्ने छैन । महिला सम्बन्धि सङ्कुचित बिचार तोडेको छु ।’

स्थानीय नागरिकको भावना र बिचार बुझ्दा पनि उनको नेतृत्व क्षमताको प्रसंशा हुने गरेको छ ।

बिना तुम्बापो थाम्सुहाङ

फिदिम नगरपालिका १० याङ्नाम सदरमुकाम बाट करिब १९ किलोमीटरको दुरीमा छ । सदरमुकाम नजिकै रहेकाले यो क्षेत्रमा त्यति धेरै भौगोलिक विकटता देखिदैन । सोही वडाले एउटा असल अध्यक्ष थाम्सुहाङलाई पाएको छ ।

मध्यम वर्गीय परिवारमा जन्मिएकी बिनाको बिबाह पनि शिक्षित परिवारमा नै भयो । बिबाह पछि उनी ब्यापार ब्यावसाय र सामाजिक काममा ब्यस्त भइन् । उनलाई गाउमा अब्बल महिला नेतृत्व मानिन्थ्यो । सो स्थानका जनताको जनलहर र उनको सक्षमताको सम्भावना देखेर उनलाई स्थानीय तहको चुनाबमा अत्याधिक मत दिएर याङ्नामका जनताले आफ्नो प्रतिनिधि छाने । चुलोचौका र घाँसदाउरा गर्नु पर्ने महिलाले कहाँको वडामाको नेतृत्व गर्न सक्छे ? महिलाबाट गाउँको विकास हुदैन भन्ने आलोचना आएको थियो चुनावताका तर उनले त्यस्लाई वास्ता नगरी वडा विकास र समृद्ध बनाउन तल्लिन रहिन् ।

उनको नेतृत्वले वडाका नागरिकले सकेसम्म आफू रोजगारी हुने बाटो तयार गरेका छ्न् । महिलाहरु पनि चुलो चौकोभन्दा टाढा गएर सामाजिक काम र रोजगारी हुने अवसर पाएका छ्न् । वडाको भौतिक पुर्वाधारदेखि लिएर हरेक कुरामा उनको नेतृत्वको तारिफ हुने गरेको छ ।

थाम्सुहाङ भन्छिन् ‘नारी एउटा सच्चाहीको पुजारी हो । समाजका लागि उसको नेतृत्व अब्बल हुने गर्छ । त्यस्तो नेतृत्वमा छ्लकपट र बेमेल हुँदैन । नारीलाई दोस्रो दर्जाको रुपमा हेरीने हाम्रो नेपाली समाजको एउटा एेनाको रुपमा स्थापित हुने प्रयास गरिरहेको छु । जनताको मन जितेको छु भन्ने लागेको छ ।’ उनी थप्छिन ‘वडाको हरेक कार्य गर्दा हालसम्म गुनासो आएको छैन । समान सहभागीतामा जोड दिएको छु । जनताको प्रतिनिधि भएकाले ठिक लागेका काममा सकारात्मक प्रतिक्रिया र यो राम्रो काम होइन कि भन्ने लागेको भए वडाका नागरिकको सल्लाहको सधै अपेक्षा राखेको छु । महिला चौतर्फी ज्ञानको खानी हो महिला लाई चुलोचौकोदेखि सामाजिक नेतृत्वसम्म पुर्याउन सबै लागौं भन्ने मेरो आग्रह छ ।

सामाजिक कार्यबाट खारिदै आएका यी दुई महिलाको सक्षमता , काम प्रतिको मोह र अर्को एउटा महिलाका लागी आत्मवलको एउटा दरिलो खम्बा बन्न पुगेको छ । हाल घरेलु हिंसा सहेर अरुको आडमा बस्न बाध्य रहेका महिला वर्गलाई अब्बल र सामाजिक जीवनमा ल्याउन सबैले आफ्ना ठाउँबाट सहयोग गर्ने कार्यमा आफू क्रियाशील रहेको सबैलाई त्यसका लागि सहयोग गर्न पनि उनीहरुको आग्रह छ ।