लोड हुँदैछ...

मेनु

पाँचथरमा निषेधाज्ञा एक साता थपियो

पाँचथरमा निषेधाज्ञा एक साता थपियो

पाँचथर । गत वैशाख २७ बाट जारी पाँचथरको निषेधाज्ञा असार सात गतेसम्म थप गरिएको छ ।

कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटि (डिसिसिएमसी) को आज बसेको बैठकले पाचौं पटक निषेधाज्ञाको अवधि थपेको हो ।

प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालका अनुसार दुग्धजन्य पसल, खाद्यान्न पसल, तरकारी पसल र फलफूलका पसल बिहान पाँच बजेदेखि १० बजेसम्म खुल्ने छ ।

यस्तै बैंक तथा वित्तिय संथाको हकमा आइतबार, मंगलबार, बिहीबार र शुक्रबार ११ बजेदेखि दुई बजेसम्म खोल्न अनुमति दिइएको छ । यसअघिको निषेधाज्ञाभन्दा यो पटकलाई केहि खुकुलो बनाइएको छ । अत्यावश्यक पर्ने सवारीका साधनसमेत परिस्थिति हेरेर चल्ल दिने निर्णय भएको ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।