पूर्व प्रधानमन्त्री एवम् एमालेका बरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई आज बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो । उनको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।

सोमबार, ३१ जेठ, २०७८, बिहानको ११:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर