पाँचथर । शनिबारको दिन टेकबहादुर नजिकको करेसा बारीको काम सकेर घरमा आफ्नो दैनिकी सकेर भर्खर सुतेका थिए । फिदिममा नगरपालिका ४ को जोरसाल बजारबाट पाँच मिनेटको दुरीमा नयाँ बसपार्क जाने ठाउँमा दुई तले चिटिक्क परेको घरमा टेकबहादुर र श्रीमती कालिमाया बस्दै आएका थिए ।
उमेरले ७९ वर्ष टेकेका टेकबहादुर र ८५ वर्षे श्रीमती कालिमायाका दुई छोरी र दुई छोरा छ्न् । उनीहरु विभिन्न कारण घर बाहिर नै बस्दै आएका थिए । तर जेठ २९ गते शनिबारको राति यी दुई माथी निर्दयीहरुको आँखा लाग्यो । अज्ञात समुहले धारिलो हतियार प्रहार गरेर टेकबहादुरलाई विभत्स टेकबहादुरको राति नै मृत्यु भयो ।
कालिमाया पक्षघातको बिरामी छिन् । उनी बोल्न पनि सक्दिनन् । त्यही कारण घटना बारे छिमेकी र प्रहरीलाई बिहान मात्र जानकारी भयो । कालिमाया अशक्त भएको कारण तत्काल नै न त छिमेकीलाई खबर गर्ने पाइन् न त हत्यारा पहिचान गर्ने नै सकिन् ।
जेठा छोरा इटहरीमा बस्छ्न् भने कान्छा छोरा फिदिम नगरपालिका स्थित ओदिनमा बस्दै आएका छ्न् । प्रहरीका अनुसार अन्य सबै परिवारका सदस्य घटनापछि घरमा आएका छ्न् । तर कान्छा छोरा तारामान लिम्बुको मानसिक अबस्था ठिक नभएकाले घर परिवारको सम्पर्क बाहिर छ्न् ।
टेकबहादुर सेवा निवृत्त भारतीय लाहुरे हुन् । हाल सामान्य रुपमा खेती किसानी गर्दै आएका थिए । समाजमा पनि राम्रो सम्बन्ध थियो कुनै बेमेल थिएन । प्रहरीका अनुसार बिहानी कसरतमा निस्केकी एबिला तुम्बापु कसरत सकेर पmर्कदा बाटो छेउमा टेकबहादुरको घरमै हत्या भएको जानकारी पाइन् र प्रहरीलाई खबर गरिन् ।
बिहान प्रहरीलाई खबर हुनासाथ प्रहरी घटना स्थल पुग्यो त्यसबेला गाउँलेहरु जम्मा भैसकेका थिए । प्रहरीले तत्काल घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढायो । स्थानीयले घटनाको तथ्य पत्ता लगाउन दवाव दिए ।
प्रहरीले अनुसन्धानका लागि संघीय प्रहरी एकाई धरानबाट कुकुर सहितको टोली झिकायो । र दिउँसो प्रहरी नायव निरीक्षक दमानन्द श्रेष्ठको नेतृत्वमा लौला र पिगु नामका दुई तालिम प्राप्त कुकुर पनि अनुसन्धानमा खटिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार कुकुरले अनुसन्धानको निष्कर्षका लागि केहि तथ्यहरु फेला पार्न नसकेको जानकारी दिएका छन् । विश्वकर्मा भन्छ्न ‘हामी आफ्नो तर्फबाट लागिरहेका छौं । अहिलेसम्म केहि सुराक भेटिएको छैन ।’ उनले घटना ढिलागरी जानकारी भएकोले कतिपय प्रमाणसमेत नष्ट भएको बताएका छन् । यद्यपि प्रहरीले केही संकास्पद व्यक्तिहरुलाई लक्षित गरेर अनुसन्धान बढाएको जनाएको छ ।

