विराटनगर । तस्करीको औषधीसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मोरङ प्रहरीले भारतीय नागरिक दिनेश महतोलाइ तस्करीको औषधीसहित पक्राउ गरेको हो ।

महतोले तस्करीको औषधी राख्न भाडाको घर प्रयोग गर्ने गरेको खुलेको छ । भारतदेखि ल्याएको तस्करीको औषधी विराटनगर महानगरपालिका ९ स्थित ट्राफिक चोकमा अशोक भट्टराईको घर कोठा भाडामा लिई भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी विभिन्न औषधी तथा खाध्य प्रोडक्स सामाग्रीहरु राख्ने गरेको अनुसन्धानदेखि खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रहरीले महतोको कोठादेखि Cefi pro ५० थान, Azirest–५६ पत्ता, Quinc–१६९ पिस र विभिन्न खाद्य प्रोडक्सहरू बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

कछुवा सहित चार जना पक्राउ

प्रहरीले लोपन्मुख जीव कछुवासहित चार जनालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका–८ स्थित सिक्टी विश्वकर्मा कुडेली सडकखण्डबाट ईलाका प्रहरी कार्यालय रंगेलीले कछुवासहित चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका –१ का ४३ वर्षिय जिवन गुरुङ, सुनवर्षी नगरपालिका १ केचना शुक्रवारे बस्ने २५ वर्षिय दिपक भन्ने मेघराज थापा, सोही ठाउँका २१ वर्षिय निरज खड्का र २० वर्षिय आकाश रायमाझीलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ आउदै गरेको मे १० प ५६२ नम्वरको मोटरसाईकल चेकजाँचको क्रममा मोरङ पथरी शनिश्चरे नगरपालिका –१ पूर्व बस स्टेण्ड बस्ने ४३ वर्षिय जिवन गुरुङ र पछाडी सवार मोरङ सुनवर्षी नगरपालिका१ केचना शुक्रवारे बस्ने २५ वर्षिय दिपक भन्ने मेघराज थापाले खैरो रङको झोला भित्र अन्दाजी ८ केजी तौल भएको कछुवा र को २३ प ५९३१ नम्वरको मोटरसाईकलमा सवार सुनवर्षी नगरपालिका १ केचना शुक्रवारे का २१ वर्षिय निरज खड्का र सोही ठाउँका २० वर्षिय आकाश रायमाझीलाई पक्राउ गरेको हो ।

खड्का र रामयमाझीले कछुवा ल्याउनमा सहयोग गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चार जनालाई प्रहरीले आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय आमतोला रंगेली मोरङमा बुझाईएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।