विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा रहेको हिमालय दर्शन कलेजले शैक्षिक गतिविधीका साथै सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य तथा खाद्यन्न सामाग्री हस्तान्तरण गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरि कलेजमा अध्ययनरत विद्यार्थीको नेतृत्वमा लकडाउनको अवधिमा भोकालाई खाना खुवाउने, गरिवलाई खाद्यन्न सामाग्री वितरण गर्ने संस्थालगायतलाई स्वास्थ्य तथा खाद्यान्न सामाग्री वितरण गरेको हो ।
कलेजले कोशी अस्पताल ओसीएमसी वार्डका लागि २ हजार थान माक्स र १० लिटर सेनिटाइजर वितरण गरेको छ । त्यस्तै विक्की कार्कीको नेतृत्वमा पोखरियाका युवाहरुले भोकालाई खाना खुवाउने अभियानलाई १० बोरा चामल तथा ग्रामिण भेगका विपन्न परिवारलाई राहत वितरण गर्दै आएको जहदाको लक्ष्मीनिया युवा क्लवलाई ५ बोरा चामल वितरण गरिएको कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए ।
उनीहरु सवैलाई कलेजका क्याम्पस प्रमुख सापकोटा, निर्देशकहरु शैलेन्द्र शिवाकोटी, भेषराज पोखरेल, ज्ञानबहादुर खड्का र कलेजका संस्थापकहरुले वितरण गरे । हाल कोरोना माहामारीका कारण स्कुल कलेज बन्द भए पनि कलेजले भने शैक्षिक गतिविधिलाई रोकेर सामाजिक कार्यमा लागेको कलेजले जनाएको छ ।

