कानेपोखरी । मोरङ कानेपोखरीका समाजसेवी युवा नेता देबेन्द्र लुइँटेलको प्रमुख नेतृत्वको टोलीले कानेपोखरी गाउँपालिकाको ७ वटै वडाका कोरोना संक्रमित र लकडाउनका कारण समस्यामा परेकालाई घरघरमा पुगेर सहयोग गरेका छन् ।
कोरोना संक्रमित र निषेधाज्ञाका कारण समस्यामा परेका एवं अन्य विभिन्न समस्याले ग्रसित भएका मानिसको घरमै पुगेर उनीहरुले सहयोग गरेका हुन् । जनताको स्वास्थ्य अवस्था बुझ्दै संक्रमितलाई स्वास्थ्य सामग्री मास्क, सेनिटाइजर, हातधुने साबुनलगायत र विपन्नलाई आर्थिक एवं खाद्यान्न सामग्री वितरण गरेको सो टोलीले जनाएको छ ।
आर्थिक स्थिति कमजोर भएर उपचार नै गर्न नसक्ने बिरामीलाई सहयोगी हातसँग सहकार्य गरेर उपचार गर्ने गरिएको लुइँटेलले बताए ।
टोलीलाई योगेन्द्र दाहाल, मोहन कटुवाल, केदार थापा, हेमनारायण चौधरी, किर्तिमान मादेन, टंकिश्वरी याख्खा, कोपिला कार्की, हिम तिम्सिना, बिजय किस्कु, रुद्र राजवंशी, खगेन्द्र बस्नेत, भरत राई, टेक बहादुर मगर, नेत्र बहादुर थापा, रत्न भुजेललगायतले सहयोग गरेका छन् ।


























1 प्रतिक्रिया
1 प्रतिक्रिया
Ramro karya sampurna ma yasto bipat ko bela covid 19 sankramit ko ghar ghar gai sahayog gardinu vayeko ma yas toli ka sampurna ma dherei dherei dhanyabad jay nepal jay congress
प्रतिक्रियाहरू बन्द छन्।