विराटनगर । पाँच सय भन्दा बढी संक्रमित भएको जिल्लामा १५ गतेदेखि निषेधाज्ञा गर्ने तयारी कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको छ । सोही अनुसार मन्त्रीपरिषद्ले निर्णय गरेको खण्डमा मोरङमा पनि निषेधाज्ञा लागू हुनेछ ।
तथ्यांक अनुसार आजसम्म ९ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँचसय नाघेको छ । ती जिल्लाहरु मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देही हुन् ।आइतबारम्म मोरङमा सक्रिय संक्रमितको संखया ५८५ पुगेको छ ।
सरकारका परराष्ट्र मन्त्री तथा सीसीएमसीका सदस्य प्रदीप ज्ञवालीका अनुसार पाँचसय बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा जारी गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरिएको छ ।
बाँकेमा भोलिदेखि एकसातासम्म निषेधाज्ञाको घोषणा गरिएको छ भने रुपन्देहीमा भोलिदेखि नै लागु हुने गरी जोरबिजोर प्रणाली लागू गरिँदैछ ।
Student