खोटाङ । खोटाङ हलेसीतुवाचुङ नगरपालिका १ कदुवास्थित मध्ये पहाडी लोकमार्गमा आज बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बसका सह–चालक सिन्धुली घ्याङलेक गाउँपालिका १ का २५ बर्षीय अनिल तामाङ रहेका छन् । उनको घटनास्थलमानै मृत्यु भएको थियो ।
दुर्घटनामा परी अन्य २२ जना घाइते भएका छन् । चलक सहित ३९ जना यात्री बोकेको बा ३ ख ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा पल्टिएको थियो । बसमा सवार अन्य १६ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको जानकारी पाए लगतै प्रहरी चौकी च्यास्मिटर, ईलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा प्रहरी टोली खटि गई घाईतेहरुलाई उपचारको लागी पठाईएको छ ।

