लोड हुँदैछ...

मेनु

थपिँदै कोरोना संकट : एकैदिन १४ जनाको मृत्यु

थपिँदै कोरोना संकट : एकैदिन १४ जनाको मृत्यु

विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै १४ जनाको मृत्यु भएको छ । झण्डै झण्डै शून्यमा झरिसकेको कोरोना अहिले व्हात्तै बढेको छ ।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१३६ पुगेको छ।

तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै थप दुई हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र ११४३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन विधिबाट ११३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा ८७, ललितपुरमा १४१ र काठमाडौंमा ६४४ जना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ। गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार १२३ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।