विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका १० स्थित ‘खोर्साने–केराबारी सडक खण्ड’ को जंगलमा सवारी दुर्घटनामा परि मोटसाइकल चालकको मृत्यु भएको छ ।
उत्तरदेखि दक्षिण आउदै गरेको को १ ख ६५४७ नम्बरको टिफरले बिपरित दिशाबाट आएको मोटसाइकललाई ठक्कर दिदा मोसा चालक बेलबारी ९ डाँगिहाटका २६ वर्षिय सुरेश कुमार चौधरीको मृत्यु भएको हो ।
टिफरले स ३ प ६३०३ नम्बरको मोटरसाईकललाई शुक्रबार ठक्कर दिएको थियो । उक्त दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको इलका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
मोटरसाईकल पछाडी सवार झापा धरमपुर घर भई बेलबारी ११ लक्ष्मीमार्ग का ३४ बर्षीय रुपेश अधिकारी समेत घाईते भई सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । टिफर र चालक उर्लाबारी ७ बस्ने ४८ बर्षीय बिर्ख बहादुर धिमाल इप्रका बेलबारीको नियन्त्रणमा रहेको छ । मोटसाइकललाई ठक्कर दिएपछि अन्यन्त्रित भएर टफिर पल्टिएको छ ।
यस्तै केराबारी गाउँपालिका ८ स्थित को १ त ५८४९ नम्बरको ट्याक्टरले को३४प ९०६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सोही स्थानका ५० बर्षीय नरेश कुमार सोडारी घाईते गम्भिर घाईते भएका थिए । उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो पौने १२ बजे मृत्यु भएको छ । ट्याक्टर र चालक केराबारी १० का २१ बर्षीय उमेश मल्लिक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।