विराटनगर । माओवादी केन्द्र निकट अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)ले १ नम्बर प्रदेशका १४ जिल्लामा इन्चार्ज तोकेको छ । जसअनुसार मोरङ जिल्ला इन्चार्जमा ताजिम अन्सारीलाई तोकिएको छ ।
लामो समयदेखि विद्यार्थी संगठनमा रहेर कार्य गर्दै आएका विद्यार्थी नेता अन्सारी संगठनको केन्द्रीय सदस्य समेत हुन् । मोरङ इन्चार्ज भएपछि अन्सारीले संगठनको गरिमालाई थप उच्च बनाउन लाग्ने बताए ।
अनेरास्वबियु क्रान्तिकारीले सुनसरीमा खेम रणपहेली, झापामा प्रतिक कडरिया, उदयपुरमा भरत घिमिरे, पाँचथरमा मनिषा आचार्य, खोटाङमा पर्वत राई, तेह्रथुममा योगेश भट्टराई, संखुवासभामा निर्मला शिवाकोटी, भोजपुरमा जिसस न्यौपाने, धनकुटामा दीपेन्द्र मेहता, ओखलढुंगामा होमप्रसाद तिम्सिना, सोलुखुम्बुमा प्रदीप बास्कोटा, इलाममा सन्धीभक्त शशांकर र ताप्लेजुङमा चन्द्र माङ्मुलाई इन्चार्ज तोकेको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।