लोड हुँदैछ...

मेनु

जेष्ठ नागरिकको प्रदेश १ अध्यक्षमा अर्ज्याल

जेष्ठ नागरिकको प्रदेश १ अध्यक्षमा अर्ज्याल

विराटनगर । १ नं. प्रदेश ज्येष्ठ नागरिक महासंघको प्रथम साधारणसभाले मणि कुमार अर्ज्यालको अध्यक्षतामा प्रदेशस्तरिय समिति चयन गरिएको छ ।

ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील ज्येष्ठ नागरिकको उपस्थितिमा विराटनगरमा सम्पन्न साधारणसभाले अज्र्याललाई सर्वसम्मत चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा जगदिश प्रसाद वली र भगिरथा चापागाईं पोखरेल, महासचिवमा यज्ञेश्वर निरौला, सचिवमा जयप्रसाद संग्रौला, कोषाध्यक्षमा जया राई र सहकोषाध्यक्ष फणीन्द्र प्रसाद आचार्य चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा ललित श्रेष्ठ, गोमा भगवती, हरिकृष्ण श्रेष्ठ, कृष्णभगत श्रेष्ठ, गोपालप्रसाद दाहाल, उमानाथ भट्टराई र भवानि प्रसाद दाहाल रहेका छन् । साधारणसभा भवानी प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

नरेश
April 23, 2021 7:35 PM

सथानिएबाट

प्रतिक्रियाहरू बन्द छन्।

This will close in 5 seconds