सीमाक्षेत्रको स्थलगत अनुगमन

सीमाक्षेत्रमा एकद्वार प्रणाली लागू गर्न मन्त्री राईको निर्देशन

विराटनगर । प्रदेश नं. १ की सामाजिक विकास मन्त्री उषाकला राईले सीमाक्षेत्रको दोहोरो आवागमन व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ ।

शुक्रबार विराटनगरस्थित रानी नाकाको स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री राईले सुरक्षाकर्मीहरुलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले सीमाक्षेत्रमा एकद्वार प्रणाली अपनाएर सर्वसाधारणको दोहोरो आवागमन व्यवस्थित बनाउन निर्देशन दिनुभयो । उहाँले नेपाल प्रवेश गर्नेको स्वास्थ्य चेकजाँच र व्यक्तिगत विवरण संकलनको आधारमा मात्र मुल नाकाबाट आवागमनको अनुमति दिन पनि निर्देशन गर्नुभयो । उहाँले चोरबाटो र अन्य खुल्ला नाकाहरुबाट हुने अवैध अवागमनलाई तत्कालै रोक्न आग्रह समेत गर्नुभयो ।

मन्त्री राईले कोरोना महामारीको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै १ हजार शैयाको होल्डिङ सेन्टर पुनः सञ्चालनमा ल्याउने तयारी भईरहेको बताउनुभयो । उहाँले क्वारेन्टाईन र आईसोलेशन सेन्टरलाई समेत तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

खुल्ला सीमानाका कारण हुने अनियन्त्रित आवागमनलाई रोक्न सुरक्षा जनशक्ति थप गर्ने बिषयमा पनि आवश्यक छलफल गरिने मन्त्री राईको भनाई छ । प्रदेश १ मा आज मात्रै भने ५३ महिला र ६३ पुरुष गरि १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

शुक्रबार, १० बैशाख, २०७८, साँझको ०५:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर