पाँचथर । पाँचथरको फालेलुङ्ग चौथो चौरी महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । महोत्सवमा चौरीको प्रदर्शनी तथा चौरीजन्य पदार्थको स्टलहरु राखिएका थिए ।
हरेक वर्ष वैशाख १ गते आयोजना हुँदै आएको महोत्सव कोरोना महामारीले गर्दा गत वर्ष स्थगित भएको थियो । यस पटक भने सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बसन्तकुमार नेम्बाङले महोत्सव उद्घाटन गरे । महोत्सव अवलोकनका लागि उत्साहका साथ हजारौंको उपस्थिति थियो ।
तस्बिर : ज्ञानु घिमिरे पाँचथर






