काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखा परिरहेको बेला नेपालमा पनि २४ घण्टायता मात्रै १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा चार हजार ३७८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ भने तीन हजार ५३ जनाको मृत्यु भएको छ ।
तथ्यांक अनुसार चौबीस घण्टामा १३८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार १६५ जना निको भइसकेका छन् । हाल तीन हजार ३०६ जना आइसोलेशनमा र ८५ जना क्वारेन्टिनमा छन् । हालसम्म २३ लाख १७ हजार २८४ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।