प्रदेशसभा बैठक दोस्रो दिन पनि अवरुद्ध

विराटनगर । प्रदेश १ ससदको बैठक आज दोश्रो दिन पनि अवरुद्ध भएको छ ।

प्रदेशसभाका प्रतिपक्ष दलहरूले बजेट कार्यान्वयनमा सरकार गम्भीर नभएको र यो वर्ष सन्चालन गर्ने योजनाहरू सुचारू गर्ने कुराको सुनिश्चितता नभएको भन्दै सदन अवरुद्ध पारेका हुन् ।

बैठक सुरूहुनासाथ सांसदहरू उठेपछि उपसभामुख सरस्वती पोखरेलले आफ्ना कुरा राख्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक झलकसिंह दर्लामी मगरलाई समय दिएकी थिइन ।
संसदमा बोल्दै उनले चालू वर्षका आयोजनाहरू कार्यान्वयनमा सरकार उदासिन देखिएको र त्यसको कार्यान्वयनको ग्यारेन्टी गर्न माग गरे ।

बहुवर्षे सडक पुल र अन्य कार्यक्रम मंसिरबाटै कार्यान्वयनमा जाने प्रतिवद्धता जनाएपनि पूरा नगरेको र धेरै योजनाहरू सुचारू हुन नसकेको उनको भनाइ थियो ।

राजनीतिक आस्थाका आधारमा जथाभावी कर्मचारीहरूको सरूवा गरेर आतंक सृजना गरेको भन्दै त्यसलाई रोक्न माग गर्दै यी मागहरू सम्वोधन नभएसम्म सदन सुचारू हुन नसक्ने चेतावनी पनि उनले दिए ।
प्रदेशसभाको अर्को वैठक चैत ३० गते सोमबारसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार, २७ चैत, २०७७, साँझको ०५:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर