मोरङ र विराटनगर महानगरमा माधव नेपाल समूहको समानान्तर कमिटी

विराटनगर । नेकपा एमालेको माधव नेपाल समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा शुक्रबार समानान्तर कमिटी गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा सो समूहले दुवै कमिटी घोषणा गरेको हो ।

सो समूहले एमालेका पुराना नेता चन्द्रविर राईको नेतृत्वमा ३ सय २५ सदस्सीय समानान्तर जिल्ला कमिटि घोषणा गरेको हो । उपाध्यक्षमा चण्डीप्रसाद राई र डा. उद्धव पोखरेल छन्। त्यसैगरी सचिवमा राजन केसी, उपसचिवमा ओसिम आलम, निलम ढुंगेल र आर्थिक प्रमुखमा विश्वनाथ राय चयन भएका छन् ।

त्यसैगरी युवा नेता पारुल क्षेत्रीको नेतृत्वमा १ सय ७५ सदस्सीय महानगर कमिटि गठन पनि घोषणा गरेको छ । महानगर कमिटिको उपाध्यक्ष खेम तिम्सिना, सचिव हिरा मिरा दाहाल, उपसचिव योगेशराज भण्डारी चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गतिविधि जारी राखेर पार्टीलाई विभाजन तर्फ धकेकलेको तर आफूहरु हातमा दही जमाएर नबस्ने बताएका थिए ।

शुक्रबार, २७ चैत, २०७७, साँझको ०५:१२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर