विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा संजिव खनाल निर्वाचित भएक छन् । बिहीबार सार्वजानिक भएको मत परिमाण अनुसार खनालले ९८ मत ल्याएर निर्वाचत भएका हुन् । खनालका प्रतिस्पर्धी शंकर खरेलले ९२ मत प्राप्त गरे ।
उपाध्यक्षमा खरेल समूहका मोहन भट्टराईले ९७ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष सिग्देलले ९३ मत ल्याए । महिला उपाध्यक्षमा पनि सोहि समूहकी तारा आचार्य निर्वाचित भइन् । आचार्यले १ सय ७ मत ल्याउँदा उनकी प्रतिस्पर्धी चिना थापाले ७५ मत प्राप्त गरेकी थिइन् ।
सचिबमा झिनो मत अन्तरले खनाल समूहका नेत्रपी अधिकारी निर्वाचित भए । अधिकारीले ९६ मत ल्याउँदा उनका प्रतिस्पर्धी हरी अधिकारीले ९४ मत ल्याए । सहसचिवमा खरेल समूहकै प्रशान्त निरौलाले ९९ मत ल्याएर निर्वाचत भए । उनका प्रस्पिर्धी दिनेश सुब्बाले ८९ मत ल्याए ।
समावेशी सह–सचिबमा खरेल समूहकै अनिल श्रेष्ठले फराकिलो मत अन्तरले निर्वाचित भए । श्रेष्ठले १ सय २७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अर्जुन भनिने खनेन्द्र कुलुङ्ग राईले ४५ मात्र मत ल्याए । कोषाध्यक्षमा सोहि समूहका अभय राई निर्वाचत भए । राईले १ सय १७ मत ल्याउँदा उनका प्रस्पिर्धी सुमन सुस्केराले ७२ मत ल्याए ।
महासंघको सदस्यहरुमा एलिना दियाली, गोपाल पोखरेल, तेजन खड्का, दिलीप अग्रवाल, विरेन्द्र साह, राकेश कर्ण, सुरेश अधिकारी, बबिता राई, पवन साह, पदम सरदार, दिपा धिमाल र उषा सरदार निर्वाचित भएका छन् । उनीहरुमध्ये अधिकारी खनाल समूहका हुन् भने बाँकी सबै खरेल समूहबाट चुनाबी मैदानमा उत्रिएका थिए ।

