लोड हुँदैछ...

मेनु

प्रदेश १ : माधव पक्षका १६ जनाद्वारा अविश्वासको प्रस्ताव फिर्ता

प्रदेश १ : माधव पक्षका १६ जनाद्वारा अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव माधव नेपाल समूहका संसदहरूले फिर्ता लिएका छन् । नेपाल समूहका १६ जना प्रदेशसभा सदस्यहरूले मंगलबार अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।

गत बुधबार मुख्यमन्त्री राईले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समूहका नेताहरु आफूहरु अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएका थिए । संसदीय दलको बैठकमा माधव नेपाल समूहबाट दुई जना सदस्य सहभागी भएका थिए । प्रदेश १ मा मुख्यमन्त्री विरूद्धको अविश्वसाको प्रस्ताव फिर्ता लिने प्रदेशसभा सदस्यहरूमा भीमप्रसाद आचार्य, राजेन्द्रकुमार राई, जीवन घिमिरे, गणेश कुमार काङ्गबाङ्ग, तुलसी प्रसाद न्यौपाने, लछुमन तिवारी, उपेन्द्रप्रसाद घिमिरे, लिलाबल्भव अधिकारी, खिनु लाङवा (लिम्बु), पदमकुमारी गुरूङ्ग, सरिता थापा, सुनिताकुमारी चौधरी, होमकुमारी साँवा, यशोदा अधिकारी, सावित्राकुमारी रेग्मी र सावित्रा जोशी रहेका छन् ।

‘गत पुस १२ गते प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री शेरधन राई विरूद्ध प्रदेशसभाको विश्वास छैन भनी नेकपाका संसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । २३ फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गरि नेकपा एमाले र माओवादी केन्द्र पुनस्र्थापना गरिदिएपछि मुख्यमन्त्री विरुद्धको अश्विासको प्रस्ताव फिर्ता लिएका छौं,’ १६ संसदले प्रदेश सचिवालयमा बुझाएको पत्रमा उल्लेख छ ।

प्रदेशसभामा नेकपा एमालेका ५१ जना सांसदहरु छन् । कूल ९३ सदस्यीय यस प्रदेशसभामा स्पष्ट बहुमत रहेको नेकपा एमालेका २१ जना र नेकपा माओवादी केन्द्रका १६ जना गरी ३७ जना सांसदले तात्कालीन अवस्थामा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरी दर्ता गराएका थिए । हस्ताक्षर गरेकाहरुमध्ये ६ जनाले यसअघि नै फिर्ता गरिसकेका छन् । बाँकी रहेका १६ जना हस्ताक्षरकर्ताले पनि हस्ताक्षर फिर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।