विराटनगर । होलीको अवसरमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय ४० भन्दा बढी सवारी चालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
होलीको अवसरमा मादक पदार्थ सेवन गर्ने, हेलमेट नलगाई सवारी कुदाउने, तीन जना सवार गर्ने र तीब्र गतिमा सवारी कुदाउनेलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताउनु भयो ।
मापसे गरेर सवारी चलाउँदा हुनसक्ने दुर्घटनालाई नियन्त्रण गर्न बिहानैदेखि सडकमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो । ठाउँठाउँमा गरिएको चेकिङका क्रममा ३ सय ४० जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।