इटहरी । सुनसरीको इटहरीमा आइटीएफ तेक्वान्दो फेडेरेशन तेक्वान्दो संघ गठन भएको छ । इटहरीस्थित एक होटलमा भएको खेलाडीहरुको भेलाले आईटीएफ तेक्वान्दो संघ, इटहरी गठन गरेको हो ।
आइटीउफ तेक्वान्दो इटरीको अध्यक्षमा अध्यक्ष्य युस्टल दाहाल रहेका छन् । उपाध्यक्ष्मा प्रतिक धिमिरे, सचिव संजोग तामाङ्ग, सह–सचिव अभिनास सापकोटा र कोषाध्यक्ष्मा डिना श्रेष्ठ सर्वसम्मत चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा समिर कोइराला, रिमा गेलाल, अभियम राउत, राहुल चौधरी, आशिष बिश्वकर्मा र दिनेश चौधरी चयन भएका छन् ।
आईटीएफ तेक्वान्दो केन्द्रिय समित उपाध्यक्ष प्रबिण कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशिष्ठ अतिथि नेकपा एमाले ओली पक्ष सुनसरी अध्यक्ष रेवती रमण भण्डारी, संगीतकर्मी तथा सामाजिक अभियन्ता राजु केसी रहेका थिए । त्यस्तै इटहरीका आमा समुह की अध्यक्ष हेमा दाहाल लगायत समुहका सदस्यहरु लगायत पत्रकारहरुको उपस्थिति कार्यक्रममा रहेको थियो । नव गठित समितिका अध्यक्ष यूस्टल दाहालले लोपहुँदै गईरहेको तेक्वान्दो खेलको प्रवर्धन गर्नमा आफु कृयासील रहने बताउँदै छिट्टै समितिको बैठकले निणर्य गराएर आगामी जेष्ठ महिना सम्ममा नगर स्तरिय खेलकुद कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।
इटहरीमा आइटीएफ तेक्वान्दो गठन, अध्यक्षमा युस्टल दाहाल






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।