‘मेरो देश, मेरै उत्पादन’ अभियान सुरु

विराटनगर । स्वदेशी उत्पादनको प्रवद्र्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा तय गरेको राष्ट्रव्यापी ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रारम्भ गर्नुभएको छ ।

अभियानले नेपाल सरकारले अवलम्वन गरेको समृद्ध नेपाल, सुखि नेपालीको अभियानमा सहयोग पु¥याउने विश्वास दुबै संगठनको छ ।

बढ्दो व्यापार घाटालाई न्यूनिकरण गरी सन्तुलनमा ल्याउनका साथै स्वदेशी वस्तु उत्पादनमा विविधिकरण गरी उपभोग्य वस्तुहरुमा देशलाई आत्मनिर्भर बनाउँदै रोजगारीका अवसरहरु सिर्जना गर्दै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने उद्देश्यले अभियान प्रारम्भ गरिएको हो । स्वदेशी उत्पादनहरुको खपतलाई बृद्धि गर्दै आर्थिक एवं औद्योगिक रुपमा सबल र सक्षम राष्ट्र निर्माणका लागि देशको आवश्यकता अनुरुपका वस्तुहरु स्वदेशमै बन्नुपर्ने राष्ट्रिय संकल्पका साथ दुबै संस्थाले यस अभियानको प्रारम्भ गरेका हुन् ।

दैनिक उपभोग्य वस्तुहरुको स्वदेशमै उत्पादन अभिवृद्धि गरी आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्ने अभिप्रायकका साथ दुबै संस्थाले प्रारम्भ गरेको अभियानलाई सार्थक तुल्याउन उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले अनुरोध पनि गरेका छन् ।

आइतबार, १५ चैत, २०७७, बिहानको १०:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर