विराटनगर । होली सामाजिक सद्भावको पर्व भएपनि कोरोना महामारीलाई मध्यनजर गरी सावधानीपूर्वक मनाउन प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आग्रह गर्नुभएको छ ।

होली पर्वको पूर्व सन्ध्यामा प्रदेशबासीलाई शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख अधिकारीले स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई सावधानीपूर्वक दुरी कायम गरी पर्व मनाउन र सकेसम्म परिवारभित्र सीमित पार्न आग्रह गर्नुभएको हो ।

होली पर्वले शान्ति, सद्भाव फैलाउने भन्दै स्वदेश तथा विदेशमा रहने सम्पूर्णलाई सुख, शान्ति, दीर्घायूको कामना गर्दै उहाँले पर्वले भातृत्व र सहिष्णुतालाई प्रगाढ बनाउने अपिल गर्नुभएको छ ।

इच्छा विपरित कसैलाई रङ नलगाउन, दुव्र्यवहार र अवाञ्छित क्रियाकला नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

फगुवा पर्व मानवभित्रको असत्यमाथि सत्यको विजय प्रतिक भन्दै उहाँले यसलाई मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त होली पर्वबाट सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।